Section 4
केही खास प्रकारका जलचरहरुलाई समात्न, मार्न तथा चोट पु¥याउन मनाही गर्ने नेपाल सरकारको अधिकार

नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा–
(क) तोकिएका जातिका जलचरहरुलाई नेपाल सरकार वा स्थानीय अधिकारीको इजाजतपत्र बेगर कुनै पनि व्यक्तिले जानी जानी समात्न, मार्न तथा चोट पु¥याउन नपाउने गरी, र
(ख) तोकिएको ऋतुमा र तोकिएका अवस्थाका कुनै पनि जलचरहरुलाई कुनै पनि व्यक्तिले जानी जानी समात्न, मार्न तथा चोट पु¥याउन नपाउने गरी मनाही गर्न सक्नेछ ।
तर कुनै व्यक्ति विशेषको निजी जलमा रहेका जलचरहरुको सम्बन्धमा यो दफा र यस दफा अन्तर्गतका कुनै कुरा लागू हुने छैन ।